त्यसयता उनले फर्केर हेर्नुपरेकाे छैन । अहिले पनि उनी कुनै बलिउड सेलिब्रेटीभन्दा कम छैनन् । कहिले के त कहिले के गरेर उनी चर्चा बटुलि नै रहन्छन् ।
![](https://images.merolagani.com/Uploads/Repository/638593461093761330.png)
हालसालै उनी निजी विमान चढेकाे विषयले फेरि सामाजिक संजाल तातेकाे छ । ठेलामा चिया पकाएर बेच्ने एक साधारण व्यक्तिले सिंगाे विमान नै चार्टर्ड गरेकाे देख्दा अचम्म नपर्ने काे हाेलान् ? याे भिडियाे सामाजिक संजालमा भाइरल भयाे । भिडियाेकाे क्याप्सन छ, "प्राइभेट जेट"।
भिडियाेमा डली चायवाला हिराे शैलीमा विमानस्थलभित्र गइरहेका देखिन्छन् । काेट र कालाे सर्ट प्याण्टमा रहेका डलिले माेबाइल चलाउँदै छन् । उनले पहेँलाे चस्मापनि ढल्काएका छन् । टेकअफ गर्ने तयारी अवस्थामा रहेकाे विमानका पाइलटले डलीसँग हाथ मिलाउँछन् र डली पस्छन् विमानभित्र । एअर कनेक्टकाे विमान सानाे छ, डली सिटमा बसेका छन् । विमानभित्र पाइलट र चालक दलका सदष्य भिडियाेमा देखाइन्छ । अनि आकाशमा बादलका टुक्रा पनि देख्न सकिन्छ । जहाज ल्याण्ड गर्छ अनि डली ओर्लिन्छन् । भिडियाे सकिन्छ । भिडियाे छाेटाे भएपनि यस भिडियाेले तहल्का मच्चिएकाे छ । हालसम्म याे भिडियाे करिब ५ कराेड जनाले हेरिसकेका छन् ।
धेरैले यस भिडियाेलाई प्रेरणाका रूपमा लिएका छन् । निरन्तर मेहनत गरेमा जीवनमा सफलता पाउन सकिन्छ भन्ने कतिले उदाहरण दिँदै पाेष्ट गरे । कतिले भाग्यले साथ दिएमा जिन्दगी कायापलट हुने भन्दै टिप्पणी पनि गरे । सामाजिक संजालका कति प्रयाेगकर्तालाई डलि चायवालाकाे चार्टर्ड विमान यात्राले हाैसला दियाे त कतिलाई हाँस्ने बहाना । कैयाैंले उनकाे यस भिडियाेले शिक्षा पद्धतिमाथि नै प्रश्न उठाएकाे बताएका छन् ।
काे हुन् डली चायवाला ?
१७ वर्षदेखि चिया बेच्ने डलीको वास्तविक नाम सुनिल पाटिल हो । वास्तवमा उनकी पूर्व प्रेमिकाले उनलाई यही नामले बोलाउँथिन् तर अहिले उनी यही नामले चर्चित भएका छन् । बलिउड सेलिब्रेटीदेखि माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलेसम्म उनकाे चिया पिएका छन् । अनन्त अम्बानीको वैवाहिक समाराेहमा भारत आएका बिल गेट्सको टोलीले विशेष रूपमा डलीलाई हैदरावाद बोलाएर उनकाे र चियाकाे सुटिङ गरेको थियो ।
![](https://images.merolagani.com/Uploads/Repository/638481126192201816.jpg)
दक्षिण भारतीय चलचित्र र कलाकारहरूबाट प्रेरित भएर डलीले चिया बेच्ने अनौठो तरिका सिर्जना गरेका थिए । यति मात्र होइन, उनले क्याप्टेन जेस स्प्यारोबाट आफ्नो ड्रेसिङ स्टाइल पनि अपनाएका छन् । आज उनको इन्स्टाग्राममा ४१ लाख भन्दा बढी फलोअर्स छन् । उनको ठेलामा मानिसहरु चिया पिउन मात्र होइन फोटो खिच्न र अटोग्राफ लिन पनि लाइन लाउने गर्छन् ।
केहि समयअघि, उनी माल्दिभ्स भ्रमणका कारण चर्चामा थिए । माल्दिभ्स पुगेर पनि उनले चिया बनाएर भिडियाे राखेका थिए । विदेशीहरूलाई चिया पिलाउँदै उनले स्टाइल देखाएका थिए । त्यसअघि, ल्याम्बाेर्गिनी चढेकाे पनि उनी देखिएका थिए ।
एजेन्सीकाे सहयाेगमा ।