खर्च घटेपछि नाफामा पञ्चकन्या माइ हाइड्रोपावर

Aug 13, 2024 10:22 AM Merolagani



पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेड (PMHPL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षसम्ममा नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षमा नाफामा पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३५ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी १ करोड २५ लाख रुपैयाँ नोक्सानीमा थियो।

आम्दानी घटेपनि खर्च घटेका कारण कम्पनी नाफामा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ३.३३ प्रतिशत घटेको छ भने कुल सञ्चालन खर्च ७.०४ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन नाफा २.८१ प्रतिशत र कुल प्रशासनिक र अन्य खर्च ७.३५ प्रतिशत घटेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ८३ रुपैयाँ ४१ पैसा रहेको छ। १ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने १८ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




comments powered by Disqus

गठ्ठाघरकाे दुर्घटनामा ज्यान गुमाएका स्कुटर चालककाे पहिचान खुल्याे

Aug 15, 2024 06:06 PM 0

भक्तपुरकाे गठ्ठाघरमा भएकाे दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालककाे पहिचान खुलेकाे छ। प्रहरीका अनुसार बिहीबार दिउँसाे भएकाे दुर्घटनामा ज्यान गुमाउने सुस्मा नेपाली हुन् । ट्राफिक प्रहरीकाे चेकजाँचकाे क्रममा राेकिएकाे नेपालीकाे स्कुटरलाई ट्रकले ठक्कर दिएकाे थियाे ।