राधी विद्युतको विद्युत बिक्री आम्दानी घट्यो, नाफा कति?

Aug 14, 2024 10:22 AM Merolagani



राधी विद्युत कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमाफर्त ९ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी १२ करोड ८४ लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १७.७२ प्रतिशत घटेर ९ करोड २७ लाख रुपैयाँमा सीमति भएको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ११ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा २९.१७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६४.५३ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी पनि ३७.३२ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ४४ पैसा घटेर ५ रुपैयाँ २८ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५०.७५ गुणा रहेको छ।

१ अर्ब ७५ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ३४ करोड ७७ लाख रुपैयाँ रहेको छ।




comments powered by Disqus

गठ्ठाघरकाे दुर्घटनामा ज्यान गुमाएका स्कुटर चालककाे पहिचान खुल्याे

Aug 15, 2024 06:06 PM 0

भक्तपुरकाे गठ्ठाघरमा भएकाे दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालककाे पहिचान खुलेकाे छ। प्रहरीका अनुसार बिहीबार दिउँसाे भएकाे दुर्घटनामा ज्यान गुमाउने सुस्मा नेपाली हुन् । ट्राफिक प्रहरीकाे चेकजाँचकाे क्रममा राेकिएकाे नेपालीकाे स्कुटरलाई ट्रकले ठक्कर दिएकाे थियाे ।