खर्च बढेपछि घोराही सिमेन्ट नोक्सानीमा

Aug 14, 2024 07:27 AM Merolagani



घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेड (GCIL) ले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनी नोक्सानीमा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब २१ करोड नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ६ करोड ३१ लाख रुपैयाँ नाफामा थियो।

बिक्री आम्दानी घटेको र खर्च उल्लेख्य बढेका कारण कम्पनी नोक्सानीमा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३.३० प्रतिशत र कुल नाफा ६९.०६ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ७९.२५ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक भएको छ। सो अवधिसम्ममा कम्पनी २६ रुपैयाँ ६८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ९३ पैसा रहेको छ।

४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ९२ करोड रुपैयाँ सञ्चित छ।




comments powered by Disqus

गठ्ठाघरकाे दुर्घटनामा ज्यान गुमाएका स्कुटर चालककाे पहिचान खुल्याे

Aug 15, 2024 06:06 PM 0

भक्तपुरकाे गठ्ठाघरमा भएकाे दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालककाे पहिचान खुलेकाे छ। प्रहरीका अनुसार बिहीबार दिउँसाे भएकाे दुर्घटनामा ज्यान गुमाउने सुस्मा नेपाली हुन् । ट्राफिक प्रहरीकाे चेकजाँचकाे क्रममा राेकिएकाे नेपालीकाे स्कुटरलाई ट्रकले ठक्कर दिएकाे थियाे ।