नाफासँगै बढ्यो नेपाल लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

Aug 13, 2024 07:11 AM Merolagani



नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.८१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ९.८६ प्रतिशत र कुल आम्दानी १२.३४ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी १२.६५ प्रतिशत बढेको छ भने कुल खर्च ११.५८ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ४७ पैसा बढेर ६ रुपैयाँ २६ पैसा पुगेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ९८.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ९ करोड रुपैयाँ रिटेन्ड अर्निङ्गमा ५ अर्ब २८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७६ करोड १५ लाख रुपैयाँ सञ्चित छ।




comments powered by Disqus

३२ सय विन्दु नजिकको मूल्य ब्रेक आउट हुने क्रम सुरु, कुन कम्पनीले गरे कसको हुन बाँकी ? (सूची सहित)

Aug 10, 2024 05:25 PM 0

सुवास निरौला

अरुण चालिसे (नाम परिवर्तन)शेयर बजारले ३१९८.६० विन्दुको रेकर्ड बनाउँदा फसेका लगानीकर्ता हुन्।