नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स “शेपिङ द फ्यूचर” सम्पन्न

Aug 16, 2024 02:54 PM Merolagani



नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(NLIC)ले “शेपिङ द फ्यूचर” भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ । सो सम्मेलन कम्पनीका अध्यक्ष श्रीमती प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको थियाे । 

सम्मेलनको पानसमा द्वीप प्रज्वलन गरी उद्धघाटन गर्दै अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले आ.व. २०८०/८१ मा कम्पनीले प्रथम बीमाशुल्क सहित समग्र सूचांकमा उत्कृष्टता हासिल गर्न सफल हुनुमा कम्पनीका बीमितवर्गहरु अभिकर्तावर्गहरु व्यवस्थापन र कर्मचारीहरुको अथक मेहनत,परिश्रम र लगनशीलताको कारणले नै सम्भव भएको हुँदा यस सफलताका लागि योगदान गर्नुहुने सम्पूर्णलाई बधाई दिइन् ।

यसकासाथै उनले आ.व. २०८०/८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरु लगायत सबैभन्दा बढि प्रिमियम संकलन गर्ने शाखाहरु र उत्कृष्ट ठहरिएका ५ शाखाहरुलाई सम्मान तथा पुरस्कृत गरेकी थिइन् ।

जीवन बीमा व्यवसायसंग सम्वन्धित विभिन्न पाटोहरु र जीवन बीमा कम्पनीका चुनौतीहरुको विवेचनागरी आर्थिक बर्ष २०८१/८२ को लागि लक्ष्य निर्धारण गर्ने उद्धेश्यले आयोजना गरिएको सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसाथ गर्दै आपसी समन्वय गरी अगाडी बढेको कारणले नै कम्पनीको उच्च बोनस दरलाई यथावत राख्न सकिएको र प्रथम बीमाशुल्क ५०० करोड भन्दा बढि संकलन गर्न सफल भएको बताए । उनले अन्य सबै सुचांकहरुमा पनि सकरात्मक वृद्धि गर्न संभव हुनुमा आ–आफ्नो क्षेत्रबाट योगदान दिने सम्पुर्ण बीमित वर्गहरु अभिकर्ताहरु र कर्मचारीहरु,बधाईको पात्र रहेको बताए । यसकासाथै,आगामी आर्थिक बर्षमा पनि यो सफलतालाई निरन्तरता दिनुपर्ने चुनौति थपिएकोले उक्त चुनौती पुरा गर्न यस सम्मेलन लाभदायक रहने विश्वास व्यक्त गरे ।

यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सविता थापाले सम्पत्ति शुद्धिकरण सम्बन्धमा प्रशिक्षण दिँदै बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्न सक्ने भएकोले सो तर्फ सचेत रहन आग्रह गर्दै राष्ट्रिय हितका लागि आतंकवादि वित्तिय लगानी रोक्नु हामी सबैको कर्तव्य भएको बताए । यसका साथै सो समारोहमा मोटिभेसनल ट्रेनर सुदिप बस्नेतले सहभागि कर्मचारीहरुलाई तालिम प्रदान गरेका थिए । यसैगरी, आर्ट अफ लिभिङका नेपालका वरिष्ठ प्रशिक्षक अच्यूत गौतम र शैलेन्द्र हमालले सम्पूर्ण कर्मचारीहरुलाई तनाव व्यवस्थापन सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।

सो सम्मेलनमा प्रदेश स्तरिय फुटबल प्रतियोगिता लगायत सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो ।




comments powered by Disqus

गठ्ठाघरकाे दुर्घटनामा ज्यान गुमाएका स्कुटर चालककाे पहिचान खुल्याे

Aug 15, 2024 06:06 PM 0

भक्तपुरकाे गठ्ठाघरमा भएकाे दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालककाे पहिचान खुलेकाे छ। प्रहरीका अनुसार बिहीबार दिउँसाे भएकाे दुर्घटनामा ज्यान गुमाउने सुस्मा नेपाली हुन् । ट्राफिक प्रहरीकाे चेकजाँचकाे क्रममा राेकिएकाे नेपालीकाे स्कुटरलाई ट्रकले ठक्कर दिएकाे थियाे ।