मेरो लगानीले फेरि प्राविधिक विश्लेषण तालिम आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

Aug 18, 2024 12:21 PM Merolagani



शेयर बजार प्रतिको आकर्षणलाई ध्यानमा राखेर मेरो लगानीले पुनः एक दिने प्राविधिक विश्लेषणको तालिम आयोजना गर्ने भएको छ।

 

प्राविधिक विश्लेषण सिकेर शेयर बजारमा लगानी गर्ने तपाईको इच्छालाई पुरा गर्न मेरोलगानीले पुनः एक दिने प्राविधिक विश्लेषण तालिमको आयोजना गर्न लागेको हो। सो तालिम भदौ ८ गते शनिबार, मेरोलगानीको कार्यालय, त्रिपुरेश्वरमा बिहान ८ बजे शुरु हुनेछ। लामो समयदेखि नेपाली शेयर बजारमा प्राविधिक विश्लेषण गरी अनुभव बटुलेका सन्तोषसिंह लिङ्देनले तालिम दिनेछन्। दिउँसो २ बजेसम्म हुने सो तालिममा खानाको पनि व्यवस्था गरिएको छ।

१५ जना मात्र सहभागिता रहने भएकोले तपाईले सो तालिम छुटाउन चाहनुहुन्न भने छिटोभन्दा छिटो मेरोलगानी कार्यालयमा सम्पर्क गरी आफनो नाम रजिष्टर गराउनुपर्नेछ। अथवा तपाईले यहाँ क्लिक गरेर पनि आफ्नो सीट सुरक्षित गर्न सक्नुहुन्छ। ५ हजार रुपैयाँमा आफ्नो सीट सुरक्षित गर्न सकिने सो तालिममा सहभागीहरुले एक महिनाको लागि टेक्नीकल न्युजलेटर र अनलाइन स्टक ट्रेनिङ्ग सेवा पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्। तालिममा शेयर बजारमा लगानी गर्नको लागि प्राविधिक रुपमा कसरी योजना बनाउने भन्ने विषयमा विस्तृत रुपमा छलफल समेत हुनेछ।




comments powered by Disqus

अझै घट्याे वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले दिन्छ सबैभन्दा बढी ब्याज?

Aug 16, 2024 09:17 AM

वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्।