ऐतिहासिक उचाइमा पुगेर सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्यमा भने वृद्धि

Aug 20, 2024 11:08 AM Merolagani



सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेर सामान्य घटेको छ । यसदिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावासुनको मूल्य एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो । आईतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज चाँदीको मूल्य भने बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार चाँदीको मूल्य प्रतितोला एक हजार ८१० रुपैयाँमा खरिदबिक्री भएको थियो।




comments powered by Disqus

अझै घट्याे वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले दिन्छ सबैभन्दा बढी ब्याज?

Aug 16, 2024 09:17 AM

वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्।