पुलमुनीको भाग साँघुरो भएकाले मनोहरा खोलाले च्यासल क्षेत्र डुबानमाः भौतिकमन्त्री दाहाल

Aug 20, 2024 01:51 PM Merolagani



भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले च्यासल क्षेत्र डुबानको प्राविधिक अध्ययन गरी समाधान गर्ने बताएका छन् । पानीको बहाव बढ्ने बित्तिकै मनोहरा खोलाले च्यासल क्षेत्र डुबानमा पर्ने भन्दै उनले सोबारे अध्ययन गरी डुबान हुन नदिने प्रतिवद्धता जनाएका हुन ।

च्यासल क्षेत्रमै रहेको नेकपा एमाले केन्द्रिय पार्टी कार्यालय पनि डुबान पर्दै आएको छ । डुबानका विषयमा मंगलवार निरीक्षणका क्रममा मन्त्री दाहालले एमाले पार्टी कार्यालय अगाडि मनोहरा खोलाको पुल हटाउने वा मर्मत गर्ने सन्दर्भमा ललितपुर सडक डिभिजन कार्यालयका प्रमुखसहित निरीक्षण गरेका थिए।

खोला निरीक्षणपछि मन्त्री दाहालले मनोहरा खालाको पुललाई मर्मत वा विकल्प खोज्ने सन्दर्भमा निरीक्षण गरिएको बताए । उनले मोटरेवल पुल हटाउने वा पुलको तलको भागलाई हटाउने विषयमा प्राविधिकहरुसँग बसेर निर्णय लिने पनि जानकारी दिए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पुलमुनीको भाग साँघुरो भएकाले पानी बग्न नपाउँदा पार्टी कार्यालयसहित च्यासल फुटबल मैदान र आसपासका बस्तीमा पस्ने गरेको बताए । उनले च्यासल क्षेत्रको सडक महत्वपूर्ण भएकाले पानीको बहाव बढ्नासाथ डुबान हुने अवस्थाबाट मुक्त गर्न आवश्यक रहेको बताए ।

ललितपुर सडक डिभिजन कार्यालयका प्रमुख मुकुन्द अधिकारीले मनोहरा खोलाको पानी सहज रुपमा बग्नको लागि पुलमा समस्या देखिएको बताए । उनले पुलको तलपट्टीको भागले पानीलाई रोकेको भन्दै प्राविधिकसहित आएर अध्ययन गर्न मन्त्रीले निर्देशन दिएकाे बताए। उनले कार्यालयले चाँडै प्राविधिक अध्ययन गरेर कार्यान्वयन गर्ने पनि बताए।

उनले पुल मर्मत गरी पानी सहज रुपमा बग्नसक्ने अवस्था आए मर्मत मात्रै गर्ने, अन्यथा पुल भत्काएर अर्को बनाउने विकल्प खोज्ने बताए ।




comments powered by Disqus

अझै घट्याे वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले दिन्छ सबैभन्दा बढी ब्याज?

Aug 16, 2024 09:17 AM

वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्।