टिकटकमाथिकाे प्रतिबन्ध खुलाउने सरकारकाे तयारी

Aug 20, 2024 02:10 PM Merolagani



नेपाल सरकारले टिकटकमाथिकाे प्रतिबन्ध खुलाउने तयारी गरेको छ । गत वर्षकाे कात्तिक २७ गते सरकारले टिकटक बन्द गरेको थियाे ।

टिकटकका माध्यमबाट सामाजिक सदभाव खल्बलिने गतिविधि भएको भन्दै नेपाल सरकारकाे मन्त्रीपरिषदले टिकटक बन्द गर्ने निर्णय गरेकाे थियाे । तर अब भने सरकारले नै टिकटकमाथिकाे प्रतिबन्ध फुकाउने तयारी गरेको हो । तत्कालीन प्रचण्ड सरकारको क्याबिनेटले निर्णय गरेर बन्द गरेको टिकटक १० महिनापछि खुलाउने तयारी भएको हो । 

सरकारले तीन महिनाभित्र सूचीकरण गरिसक्नुपर्ने गरि प्रतिबन्ध फुकाउन लागेकाे हो । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले यसका लागि आवश्यक अध्ययन गर्न कर्मचारीलाई निर्देशन दिइसकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रतिबन्ध फुकाउन सहमति जनाउने छाँट देखाइसकेका छन् । जसपश्चात मन्त्रीले कर्मचारीहरुलाई अध्ययन र प्रक्रिया पुर्याएर टिप्पणी उठाउन निर्देशन दिएका हुन्।

टिकटकले पटकपटक आफूहरु नेपालमा दर्ता भएर सञ्चालनमा आउन तयार रहेको र नेपालको कानुन मान्न तयार रहेको भन्दै परिपत्र गरेकाे थियाे । यस लगत्तै नेपाल सरकारले टिकटक खुलाउने भएकाे हो।

केही दिनअघि, टिकटकले नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयलाई केही प्रतिबद्धतासहित पत्राचार गरेकाे थियो । टिकटकले आफू नेपाल सरकारको कानुन मान्ने र सम्पूर्ण प्रक्रिया पुरा गर्न तयार रहेको उल्लेख गरेकाे थियाे । 




comments powered by Disqus

अझै घट्याे वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले दिन्छ सबैभन्दा बढी ब्याज?

Aug 16, 2024 09:17 AM

वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्।