एलिट क्यापिटलले रेन्बो डिस्टिलरीलाई रोड टु आईपिओ सेवा दिने

Aug 20, 2024 05:41 PM Merolagani



लुम्बिनी प्रदेशका भैरहवामा १५ बर्षदेखि संचालनमा रहेको उच्चस्तरिय मदिरा उत्पादन कम्पनी रेन्बो डिस्टिरीले आधुनिक प्लान्टसहित व्यवसाय बृद्धिका लागि पुँजीबृद्धि गर्दै आईपिओ जारी गर्ने भएको छ । कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवा अन्तरगत रोड टु आईपियो योजना सम्बन्धि सम्झौता गरेको छ ।

शुक्रवार यस सम्बन्धि सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रेन्बो डिस्टिरीका अध्यक्ष मिनराज भुषालले हस्ताक्षर गरेका हुन् ।

एलिट क्यापिटलले ‘रोड टु आईपिओ’ योजना अन्तरर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरुलाई समेत पव्लिक कम्पनीमा रुपान्तरण, पुँजी बृद्धि र व्यवशायीक प्रबर्द्धनमा परामर्श सेवा दिँदै आइरहेको छ।
रेन्बो डिस्टिलरीले १० करोड चुक्तापुँजीलाई शतप्रतिशत बृद्धि गरी पव्लिक कम्पनीमा रुपान्तरण हुने जनाएको छ । एलिटले रेन्बोलाई चुक्ता पुँजी बृद्धि, व्यवसाय विस्तार, वित्तीय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ । यसबाहेक आईपिओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ ।

हाल १० करोड चुक्तापुँजी रहेको यस कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पुँजीबृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन शुरु गरिँदैछ । यसका लागि कम्पनीले आफ्नै जग्गामा नयाँ भवन र प्लान्ट समेत जडान गरिरहेको छ । पुँजीबृद्धि पछि यस कम्पनीले पव्लिक कम्पनीमा रुपान्तरण भई आईपिओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष डा. ध्रुव भट्टराईले जानकारी दिए ।

रुपन्देहीको तिलोत्तमा १५ मा आफ्नै भवनमा रहेको कारखानामा यस कम्पनीले ५० यूपि र ७० यूपिका सोफी, स्मुच, ईडेन प्रिमियम, पिकनिक, अरेन्ज, पाईस, टकिला लगायत २ दजएन ब्राण्डका आधुनिक मदिरा उत्पादन गरिरहेको छ ।

हालसम्म नेपालको सेयर बजारमा मदिराजन्य उद्योग एउटा मात्र सुचिकृत भएको छ । त्यसैले मुनाफाजन्य उद्योगको रुपमा रहेको रेन्बो डिस्टिलरीलाई पव्लिक कम्पनी बनाई आईपिओ जारी गर्न लागिएको कम्पनीका संचालक प्रकाश भुषालले जानकारी दिए ।

 




comments powered by Disqus

अझै घट्याे वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले दिन्छ सबैभन्दा बढी ब्याज?

Aug 16, 2024 09:17 AM

वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्।