पछिल्ला केहि कारोबार दिनदेखि बजारमा सुस्ताउँदै थियो । बजार सामान्य अंकको करेक्सन हुँदै साईडवयजमा चलेर बजार फकर्ने अपेक्षामा लगानीकर्ता थिए। आजको बजारमा बिक्री चाप बढ्दा बजारमा ठूलो अंकको गिरावट भएको हो । ठूलो पूँजी भएका कम्पनीहरुको शेयर मूल्यमा गिरावट हुँदा ठूलो अंकको प्रेसर परेको लगानीकर्ताहरुको बुझाई छ ।