बुल वर्ष भएकोले अत्तालिनु नपर्ने लगानीकर्ताको तर्क, 'भि' सेपमा बजार बढ्ने सम्भावना कति ?

Aug 28, 2024 06:43 AM merolagani



सुवास निरौला

पछिल्लो समय शेयर बजार जसरी बढिरहेको थियो त्यो भन्दा पनि तीव्र गतिमा शेयर बजार घट्न सुरु गरेको छ। गएको दुई दिनमा नै सूचकमा झण्डै डबल सेन्चुरीको धक्का लागेको छ। सोमबार र मंगलबार दुई दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचक १९१.८६ अंकले घट्यो।

बढ्दो बजारमा प्रफिट बुक गर्ने हाबी भएका कारण शेयर बजारमा पहिरो गएको विश्लेषण गरिएको छ। “दुई दिन ठूलो अंकको गिरावटमा प्रफिट बुकिङको भूमिका बढी देखियो। नाफा हुनेले सर्ट टर्म प्रफिट बुक गर्दा सूचकमा धक्का लागेको हो,” नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले मेरो लगानीसँग भने।

उनका अनुसार दोस्रो बजार कुनै हेल्दी करेक्सन बिनै बढिरहेको थियो। यता कारोबारको रेखा चित्र हेर्नेहरूले पनि बजार घट्ने प्रक्षेपण गरिरहेका थिए। शेयर बेचेर बसेका लगानीकर्ता समेत करेक्सनको पर्खाइमा थिए। चौतर्फी रुपमा बजार घट्ने अनुमान आएका कारण बजारमा प्रेसर परेको हो। जुन स्वाभाविक हो। यस सातासम्म बजारले करेक्सन लिए पनि अर्को साताबाट शेयर बजार बढ्दो लयमा नै हुने छ। जसले गर्दा लगानीकर्ताले अत्तालिनु पर्दैन। किनकि चालु वर्ष भनेको बुल वर्ष हो। बुल वर्षमा बजारले लगानीकर्तालाई असाध्यै धेरै निराश बनाउँदैन। बुल वर्षमा बजार घट्दै बढ्दै अघि बढ्ने गर्छ। त्यसले गर्दा यो साता लगानीको अवसर हुन सक्छ।

लगानीकर्ता मात्रै होइन ब्रोकर कम्पनीहरू समेत बजार घटेकोमा खासै चिन्तित देखिएका छैनन्। उनीहरूले पछिल्लो समय घटेको बजारलाई स्वाभाविक रुपमा लिनु पर्ने बताएका छन्। “दुई दिन घट्दैमा लगानीकर्ताले निराश हुनु पर्दैन। शेयर बजारमा हुने घटबढलाई स्वाभाविक रुपमा लिनु पर्छ” एक ब्रोकर कम्पनीका सञ्चालकले भने।

उनका अनुसार विविध कारणले शेयर बजार घटेको हो। जसमा सबैभन्दा बढी भूमिका शेयर बजार पस्न नपाएकाहरूको छ। एकथरि लगानीकर्ता लगातार बढेको बजारमा पस्न सकिरहेका थिएनन्। उनीहरू शेयर बजार घटोस् भन्नेमा थिए। जसले गर्दा उनीहरूले सामाजिक सञ्जालहरूमा बजार घट्छ भन्ने हल्ला गरिरहेका थिए। उनीहरूको हल्लाले काम गर्‍यो। अर्काथरि शेयर बेचर बसेका पनि घट्छ नै भनिरहेका थिए। उनीहरूले पनि बजार घटाउन टेवा दिए। यसैगरी बजारको रेखाचित्र हेर्नेहरूले पनि बजारमा करेक्सन आउने भविष्यवाणी गरिरहेका थिए। त्यसले पनि बजार घटाउन मदत गर्‍यो। तर जसरी बजार घटेको छ। त्यसरी नै 'भि' सेपमा बजार बढ्छ।  

बजार फर्किने अनुमान ब्रोकरबाट आउँदै गर्दा धेरै जसो लगानीकर्ता भने दुई दिनमै झण्डै डबल सेन्चुरीकाे धक्का लाग्दा अत्तालिएका छन्। ठूला ब्रोकर कम्पनीका पछिल्ला फ्लोर सिटले समेत तत्कालै बजार फर्काउन सोपोर्ट गरेको देखिँदैन। उनीहरूले शेयर किन्ने भन्दा पनि बढी शेयर बिक्री गरिरहेका छन्। यस अघि ठूला ब्रोकरबाट काम गर्ने लगानीकर्ताले स्ट्रङ् बाइ पोजिसन बनाएको देखिन्थ्यो। जसले यस अघि शेयर बजार बढाउन पनि टेवा दिँदै आएको थियो। तर अहिले ठूला ब्रोकर कम्पनीले शेयर किन्ने भन्दा बेच्ने बढी गरिरहेका छन्। जसले राम्रो सङ्केत गरिरहेको छैन। केही नयाँ ब्रोकर र कारोबार रकमका आधारमा सामान्य भूमिका खेल्ने ब्रोकरको मात्रै दुई दिनमा शेयर बिक्री भन्दा खरिद बढी छ। जसले बजार फर्काउन कति मदत गर्छ। त्यो भने भविष्यले देखाउने नै छ।   




comments powered by Disqus

अपी पावरले घोषणा गर्यो लाभांश, कति दिँदैछ ?

Aug 24, 2024 07:19 AM

अपी पावर कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट ९.४७३७ प्रतिशत लाभांश घोषणा गरेको हो।