कारोबार रकममा ठूलो गिरावट भएको छ । ३० अर्बको कारोबार भएको बजारमा आज १३ अर्ब ७२ करोड रुपैयाँमा झरेको छ । यसरी कारोबार रकम घट्दा बजारमा आएको पैसा कहाँ गयो भन्न थालिएको छ ।
बजार बढेको मौकामा शेयर बिक्री गरेका लगानीकर्ता भने ‘पर्ख र हेर’ कै रणनीतिमा रहदाँ बजार करेक्सन भएको लगानीकर्ताहरुको बुझाई छ ।