नेप्से र कारोबार रकम दुबै घट्यो

Aug 29, 2024 03:10 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक बढेर बन्द भएको नेप्से यस दिन पुनः घटेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ३६.८३ अंक घटेर २७४९.५७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.३५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०९ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १३ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको १ लाख ४५ हजार ९२१ पटकको कारोबारमा १२ अर्ब २२ करोड २८ लाख रुपैयाँ बराबरको २ करोड ८३ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जनउत्थान सामुदायिक लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने रसुवागढी हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको थ्रि स्टार हाइड्रोपावरको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ३७ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन अपि पावरको साढे ३६ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे ३५ करोड बराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१० प्रतिशत बढेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus

ब्रोकरले लिमिट टाइट गर्न थालेको लगानीकर्ताको गुनासो, ब्रोकर भन्छन् 'उच्च विन्दुमा फसेको उधारो उठाउन सकिएन'

Sep 04, 2024 06:10 AM

सुवास निरौला

दोस्रो बजारमा भेटिएका लगानीकर्ता विकास थापा (नाम परिवर्तित) ले तीन हजारको बिन्दुबाट शेयर बजार खस्किन थालेपछि ब्रोकरहरूले लिमिट टाइट गर्न थालेको गुनासो गरे।