करिब १ महिनापछि २७०० विन्दुभन्दा तल नेप्से, कारोबार रकम पनि घट्यो

Sep 01, 2024 03:11 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर २७०० विन्दुभन्दा तल झरेको छ। नेप्से परिसूचक करिब १ महिनापछि २७०० विन्दुभन्दा तल झरेको हो।

यस अघि गत साउन २२ गते नेप्से २७०० विन्दुभन्दा तल बन्द भएको थियो। सो दिन नेप्से २६५१.३२ विन्दुमा बन्द भएको थियो। सोपश्चात आज नेप्से २७०० विन्दुभन्दा तल बन्द भएको हो।

आइतबार नेप्से परिसूचक ५३.६३ अंक घटेर २६९५.९३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६८ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १२ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३७ स्टकको १ लाख ३० हजार ६३२ पटकको कारोबारमा १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँ बराबरको २ करोड ६२ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने तीन स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सुपर माई हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन हिमालयन पावर पावर्टनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको पिपुल्स हाइड्रोपावर कम्पनी, माइ खोला हाइड्रोपावर र थ्रि स्टार हाइड्रोपावरको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ५२ करोड ३१ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्स र नेपाल फाइनान्सको ३३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.८० प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus

ब्रोकरले लिमिट टाइट गर्न थालेको लगानीकर्ताको गुनासो, ब्रोकर भन्छन् 'उच्च विन्दुमा फसेको उधारो उठाउन सकिएन'

Sep 04, 2024 06:10 AM

सुवास निरौला

दोस्रो बजारमा भेटिएका लगानीकर्ता विकास थापा (नाम परिवर्तित) ले तीन हजारको बिन्दुबाट शेयर बजार खस्किन थालेपछि ब्रोकरहरूले लिमिट टाइट गर्न थालेको गुनासो गरे।