नेप्से र कारोबार रकम दुबै घट्यो

Mar 16, 2025 03:16 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार सामान्य बढेर बन्द भएको नेप्से, यस दिन घटेर बन्द भएको हो।

आइतबार नेप्से परिसूचक २१.६३ अंक घटेर २७१४.८५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४५ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत बुधबार ८ अर्ब २३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ७९ हजार ३१ पटकको कारोबारमा ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार रुपैयाँबराबरको १ करोड ३९ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.१९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विशाल बजार कम्पनीको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ भने आरएसडिसी लघुवित्त वित्तीय संस्था र अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ७.९१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन पिपुल्स हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड ६६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन महालक्ष्मी विकास बैंकको करिब साढे ३७ करोडको शेयर किनबेच भएको छ भने घलेम्दी हाइड्रोको करिब ३७ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ४.९२ प्रतिशत बढेको हो। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.२५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




उपमेयरको डरले बालेनद्धारा जापान भ्रमण रद्ध, बजेट र कार्यपालिका वैठक थप अनिश्चित

May 13, 2025 03:24 PM

कुनै भेला—वैठक वा सभा—सम्मेलनमा आफू अनुकूल निर्णय नहुने सम्भावना देखेपछि विदेश भ्रमणमा जाने वा ‘बिरामी’ हुने घटना नेपालमा मात्र नभएर विश्वभरकै राजनीतिमा सामान्य मानिन्छ ।