प्रतिरोध परीक्षणमा
यस साता कम्पनीको शेयरमूल्य प्रतिरोध परिक्षणमा रहेको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले प्रतिरोध परीक्षण गरेको हो। हाल कम्पनीको प्रतिरोध क्षेत्र ६४० देखि ६५५ सम्म रहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्य सो क्षेत्रमा प्रतिरोधको सामना गरी ओरालो लागेमा ५३५ देखि ५५० को क्षेत्रमा टेवा पाउने देखिन्छ।
खरिदकर्ता बलियो
साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यस साताका चारै कारोबार दिन कम्पनीको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। जसले ती सबै कारोबार दिनमा कम्पनीको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल
मेरोलगानी एआई चार्टले हालसम्म कम्पनीको शेयरमा ३ पटक बाइ सिग्नल दिइसकेको छ। जसमध्ये ३ वटै सिग्नल सफल भएका थिए। पछिल्लो समय मेरोलगानी एआई चार्टले कम्पनीको शेयरमा कुनै बाइ सिग्नल दिएको छैन।

बलियो भोल्यूम
यस साता कम्पनीको शेयरमूल्यसँगै भोल्यूम पनि बलियो रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको ३ लाख ५७ हजार ६२८ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम १ लाख ८१ हजार ७६० कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा कम्पनीको दैनिक औषत भोल्यूम ९६.७५ प्रतिशत बढी हो।

मूल्य बढ्ने संकेत
यस साताको बुधबार कम्पनीको शेयरमूल्यले बुलिश क्रशओभर बनाएको छ। कम्पनीको एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेसँगै यस्तो क्रशओभर बनाएको हो। यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्दछ। त्यस्तै, कम्पनीको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रबाट सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ।

बिक्रीचाप घट्दो
गत साता ओभरसोल्ड जोनमा रहेको कम्पनीको स्टकास्टिक आरएसआई, यस साताको अन्तिम कारोबार दिन न्यूट्रल जोन नजिक पुगेको छ। जसले गत साताको तुलनामा यस साता बिक्रीचाप घटेको संकेत गर्दछ।

वित्तीय अवस्था
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ४३ करोड ५४ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४.२७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २३ करोड ६२ लाख ८९ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीको खुद नाफा पनि धनात्मक भएको छ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १४ करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९ करोड ७२ लाख ८१ हजार रुपैयाँ धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा २१ करोड २३ लाख रुपैयाँबाट बढेर ४१ करोड ३४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा २१ करोड ३९ लाख रुपैयाँबाट बढेर ४१ करोड ३४ लाख रुपैयाँ पुगेको छ।
१ अर्ब ६ करोड ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा भने १९ करोड ६२ लाख ३४ हजार रुपैयाँ रहेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ २६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ४२ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ३५.७६ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ५.५१ गुणा रहेको छ।

आधारभूत विश्लेषण
हाल नेप्सेमा कम्पनीको १ करोड ६ लाख ५४ हजार १७० कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ६ अर्ब ९५ करोड ६४ लाख २७ हजार २१८ रुपैयाँ १० पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ४७२ रुपैयाँ ६४ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ६७० रुपैयाँ रहेको छ भने न्यून मूल्य २४४ रुपैयाँ रहेको छ।

ब्रोकर ५८ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ५८ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको २ लाख ४२ हजार २०७ कित्ता शेयर खरिद गरेको हो। त्यस्तै, यस साता ब्रोकर नम्बर ४२ ले १ लाख २१ हजारभन्दा बढी र ४५ ले कम्पनीको करिब १ लाख २२ हजार कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर ४२ ले कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको २ लाख ८१ हजार ८९८ कित्ता शेयर बिक्री गरेको हो।

मूल्य बढ्ने अपेक्षा
यस साता फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयर ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)