प्रतिरोध परीक्षणमा बरुण हाइड्रोपावर कम्पनी, हेरौँ कम्पनी विश्लेषण

Apr 26, 2025 06:22 PM Merolagani



यस साता हाइड्रोपावर उपसमूहको परिसूचक २.६८ प्रतिशत घटेको छ। गत साता ३५७७.६६ विन्दुमा रहेको सो उपसमूहको परिसूचक यस साता ९५.८९ अंक घटेर ३४८१.७७ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनीको हो, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN)।

यस साता कम्पनीको शेयरमूल्य १९ रुपैयाँ ५ पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन ५६६ रुपैयाँ ९० पैसा रहेको यस कम्पनीको शेयरमूल्य, यस साता ५७५ रुपैयाँ ९५ पैसा रहेको छ।

 

प्रतिरोध परीक्षणमा

यस साता कम्पनीको शेयरमूल्यले ५६० देखि ५७० को प्रतिरोध परीक्षण गरेको छ। यद्यपि, साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य सो क्षेत्रभन्दा माथि रहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्यले सो क्षेत्रमा प्रतिरोधको सामना गरी तल झरेमा ५१५ देखि ५२५ को क्षेत्रमा टेवा पाउने देखिन्छ। यस साता कम्पनीको शेयर प्रतिकित्ता ५७७ रुपैयाँ ३० पैसासम्म कारोबार भएको थियो। जुन पछिल्लो ५२ हप्ताको उच्च मूल्य हो।

खरिदकर्ता हाबी

यस साता कम्पनीको शेयरमा खरिदकर्ता हाबी देखिएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले बुलिश मारुबोजु मैनबत्ती बनाएको छ। त्यसैगरी, साप्ताहिक रुपमा पनि कम्पनीको शेयरमूल्यले हरियो मैनबत्ती नै बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले यस कम्पनीको विश्लेषणमा हालसम्म ६ वटा सिग्नल दिइसकेको छ। जसमध्ये ६ वटै सिग्नलमार्फत लगानीकर्ताहरुले नाफा कमाएका थिए। पछिल्लो समय मेरो लगानी एआई चार्टले कम्पनीको शेयरमूल्यमा कुनै सिग्नल दिएको छैन।

बलियो भोल्यूम

यस साता कम्पनीको भोल्यूम पनि बलियो रहेको छ। यस साता कम्पनीको दैनिक औषतमा २ लाख १० हजार ८७५ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम १ लाख ५९ हजार ७४८ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३२ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। यस साता कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ भने यी दुई रेखाबीचको दूरी फराकिलो रहेको छ। त्यस्तै, कम्पनीको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ।

खरिदबिक्री चाप सन्तुलनमा

यस साता स्टकास्टिक आरएसआईमा कम्पनी न्यूट्रल जोनमा रहेको छ। यसले यस साता कम्पनीको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय विश्लेषण

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ३ करोड ७३ लाख रुपैयाँ नोक्सानीमा थियो।
विद्युत बिक्री आम्दानी भएसँगै कम्पनी नाफामा पुगेको हो।

दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ६ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत कुनै आम्दानी गरेको थिएन। कम्पनीले सञ्चालन गरिरहेको हेवा खोला साना जलविद्युत आयोजना स्थलमा बाढीले पूर्ण क्षति पुर्याएका कारण सो अवधिमा विद्युत उत्पादन गर्न सकेको थिएन।

५३ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियममा ४ करोड ३७ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग ४ करोड ४६ लाख ५९ हजार रुपैयाँ रहेको छ।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ५० पैसा रहेको छ। साताको अन्तिम मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ५७.१९ गुणा रहेको छ भने प्रतिशेयर बुकभ्यालु ४.९४ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको ५३ लाख ५८ हजार १५० कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयरको अन्तिम मूल्य प्रतिकित्ता ५७५ रुपैयाँ ९५ पैसा कायम भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण ३ अर्ब ८ करोड ६० लाख २६ हजार ४९२ रुपैयाँ ५० पैसा रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ५७७ रुपैयाँ ३० पैसा रहेको छ भने न्यून मूल्य २११ रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ४६३ रुपैयाँ ६८ पैसा रहेको छ।

ब्रोकर नम्बर ५८ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ५८ गते कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ४ लाख ४१ हजार ५३५ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ६४ ले कम्पनीको ५९ हजार ३६० कित्ता शेयर खरिद गरेको छ। यस साता सबैभन्दा बढी कम्पनीको शेयर बिक्री गर्ने ब्रोकर पनि ५८ नम्बर नै रहेको छ। सो ब्रोकरले यस साता कम्पनीको २ लाख ८० हजार ८२ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य अझ बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(प्राविधिक विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग गरिएका चित्रहरु मेरोलगानी डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




बालेनले पूर्व राजा ज्ञानेन्द्रलाई काटेको पूर्जी अनुसारको ७ लाख ९३ हजार रुपैयाँ शुक्रबार जम्मा गरिने !

May 08, 2025 04:50 PM

गत चैत्र १५ गते राजावादीहरुले काठमाडाैंको तिनकुनेमा गरेको प्रदर्शनमा गरिएको फोहोरको क्षतिपूर्ति वापतको रकम पूर्व राजा ज्ञानेन्द्र शाहको तर्फबाट तिरिने भएको छ ।