गत साता साढे १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Apr 06, 2025 06:12 AM Merolagani



गत साता नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २६६३.३० विन्दुमा बन्द भएको नेप्से, गत साता १.५१ प्रतिशत अर्थात ४०.०९ अंक बढेर २७०३.३९ विन्दुमा पुगेको छ।

गत साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेर बन्द भएको थियो।

 

प्रतिरोध परीक्षणमा

यस साता नेप्सेले २६५० देखि २७०० को प्रतिरोध परीक्षण गरेको छ। यद्यपि साताको अन्तिम कारोबार दिन नेप्से सो क्षेत्रभन्दा माथि बन्द भएको छ। आगामी दिनमा नेप्सेले सो क्षेत्रलाई तोडेर उकालो लागेमा २७५० देखि २८०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर पुनः २६५० भन्दा तल आएमा २४४० देखि २५०० को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता बलियो

अघिल्लो साता साप्ताहिक रुपमा ड्रयागनफ्लाई डोजी मैनबत्ती बनाएको नेप्सेले गत साता बुलिश मैनबत्ती बनाएको छ। ड्रयागनफ्लाई डोजी एक रिभर्सल मैनबत्ती हो। अर्थात सो मैनबत्तीले आगामी दिनमा नेप्से बढ्न सक्ने संकेत गर्दछ। फलस्वरुप गत साता बजार बढ्न पुगेको हो।

कमजोर भोल्यूम

गत साता नेप्से बढेपनि भोल्यूम भने कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ६ अर्ब ६६ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ६ अर्ब ७२करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ०.८९ प्रतिशत कम हो।

बुलिश क्रशओभर

साताको अन्तिम कारोबार दिन नेप्सेले बुलिश क्रशओभर बनाएको छ। नेप्सेको एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेसँगै यस्तो क्रशओभर बनेको हो। यसले आगामी दिनमा नेप्से बढ्ने संकेत गर्दछ। त्यस्तै, सो दिन नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रबाट सकारात्मक क्षेत्रमा फर्किएको छ।

बिक्री चाप घट्दै

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरसोल्ड जोनबाट न्यूट्रल जोनतर्फ बढ्ने क्रममा रहेको छ। यसले अघिल्लो साताको तुलनामा गत साता बजारमा बिक्री चाप घट्ने थालेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




स्टक एक्सचेन्जको पुन संरचना गर्ने लगायत पूँजी बजार सम्बन्धमा बजेटले यसो भन्यो

May 29, 2025 05:16 PM

नेपाल सरकाले नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने भएको छ। आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले सो कुरा बताएका हुन्।