आइतबार नेप्से परिसूचक १६.६८ अंक घटेर २७०६.०४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.६४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार साढे १० अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ७४ हजार ४५ पटकको कारोबारमा ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँबराबरको २ करोड १३ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कर्पाेरेट डेभलपमेन्ट बैंककाे शेयरमूल्य साढे ७ प्रतिशत बढेकाे छ भने बाेटलर्स नेपाल (बालाजु) काे शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेकाे छ। कारोबारमा आएको हिमालयन पावर पार्टनरकाे शेयरमूल्य यस दिन सर्वाधिक ७.३३ प्रतिशत घटेकाे छ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६८ करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ५७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने बलेफी हाइड्रोपावरको कारोबार रकम साढे ५६ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन वित्त, हाेटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहकाे परिसूचक १ प्रतिशतभन्दा बढी घटेकाे छ।