सोमबार नेप्से परिसूचक ७.७५ अंक घटेर २६९८.२८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३९ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। आइतबार ८ अर्ब ४३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१९ स्टकको ७८ हजार ६७८ पटकको कारोबारमा ८ अर्ब ७७ करोड ५७ लाख २० हजार रुपैयाँबराबरको २ करोड १२ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कर्पाेरेट डेभलपमेन्ट बैंककाे शेयरमूल्य ९.८८ प्रतिशत बढेकाे छ भने युनिभर्सल पावर कम्पनीकाे शेयरमूल्य ९.८० प्रतिशत बढेकाे छ। कारोबारमा आएको १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ काे मूल्य यस दिन सर्वाधिक ७.७५ प्रतिशत घटेकाे छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५३ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन युनिभर्सल पावर कम्पनीको करिब साढे ५२ करोडको शेयर खरिदबिक्री भएको छ भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको करिब साढे ४३ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन बढेका उपसमूहहरुको वृद्धिदर १ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको व्यापार उपसमूहकाे परिसूचक यस दिन सर्वाधिक १.५२ प्रतिशत घटेकाे छ। त्यसैगरी, यस दिन वित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशत घटेको छ।