यस दिन नेप्से परिसूचक ९.९६ अंक घटेर २६८८.३२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ८ बर्अ ७७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१९ स्टकको ७१ हजार ६९४ पटकको कारोबारमा ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँबराबरको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन पनि दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। दोस्रो बजारमा सूचीकृत भएदेखि यी कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ। त्यस्तै, यस दिन मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४४ करोड ६० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन पावर पार्टनरको करिब ४१ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब साढे ३६ करोडको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशत घटेको छ।