चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४८.३७ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी बढेको र सम्भावित जोखिम बापतको व्यवस्थामा रकम घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७७.४७ प्रतिशत बढेको छ भने अन्य सञ्चालन मुनाफा २.५० प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ५५.९६ प्रतिशत र सञ्चालन मुनाफा २४९.२८ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० लाख ९ हजार रुपैयाँ सम्भावित जोखिम बापतको व्यवस्था गरेको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कुनै पनि रकम व्यवस्था गरेको छैन।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १६ रुपैयाँ १० पैसा बढेर ३३ रुपैयाँ ३७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७१.८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ७९ पैसा रहेको छ।
१२ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ६ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले १ अर्ब २६ करोड ८९ लाख रुपैयाँ सापटी र ४१ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८४ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
