सुन र चाँदीको मूल्य बढ्यो

Apr 24, 2025 10:47 AM Merolagani



बैशाख ११ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला २०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ४५ रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बुधबार यस्तो सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। गत बैशाख ९ गते हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य हिजो उच्च दरमा घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा झरेको थियो।

यस दिन चाँदीको मूल्य भने उच्च दरमा बढेको छ। अघिल्लो दिन तोलाको १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार १० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।




comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।