सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Apr 25, 2025 10:56 AM Merolagani



बैशाख १२ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार रुपैयाँ खरिदबिक्री भईरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

 




एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

May 11, 2025 10:21 AM

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।