सामान्य अंक घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

May 04, 2025 03:21 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको सोमबारदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक ३.४४ अंक घटेर २६२०.३९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.५१ अंक र फ्लोट इण्डेक्स ०.०७ अंक घटेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार ९ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टककाे ८१ हजार ९८५ पटककाे काराेबारमा ९ अर्ब २४ कराेड ५५ लाख ८३ हजार रूपैयाँबराबरकाे २ कराेड १९ लाख ५ हजार कित्ता शेयर खरिदबिक्री भएकाे छ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर नेप्सेमा सूचीकृत भएदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको हो भने ओम मेगाश्री फर्मास्यूटिकल्स आजदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनी हो। त्यसैगरी, यस दिन र अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीकाे शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेकाे छ। कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६० करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ५५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको करिब साढे ५१ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.३० प्रतिशत घटेको छ।




उपमेयरको डरले बालेनद्धारा जापान भ्रमण रद्ध, बजेट र कार्यपालिका वैठक थप अनिश्चित

May 13, 2025 03:24 PM

कुनै भेला—वैठक वा सभा—सम्मेलनमा आफू अनुकूल निर्णय नहुने सम्भावना देखेपछि विदेश भ्रमणमा जाने वा ‘बिरामी’ हुने घटना नेपालमा मात्र नभएर विश्वभरकै राजनीतिमा सामान्य मानिन्छ ।