निरन्तर पाँचौ कारोबार दिन घट्यो नेप्से

May 05, 2025 04:32 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो चार कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ९.९८ अंक घटेर २६१०.४० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ९ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१९ स्टकको ६५ हजार ८८४ पटकको कारोबारमा ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार रुपैयाँबराबरको १ करोड ८४ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, ओम मेगाश्री फर्मास्यूटिकल्स, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनी
कारोबारमा आएको हिमालयन पावर पार्टनरको शेयरमूल्य यस दिन सर्वाधिक ९.९९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७६ करोड ५ लाख ८१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको साढे ५५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सानिमा माइ हाइड्रोपावरको साढे ४८ करोडरुपैयाँबराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र हाेटल उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको  बैंकिङ, विकास बैंक, फाइनान्स, हाईड्रोपावर, लगानी, जिवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यपार उपसमूहको परिसूचक घटेको छ।




उपमेयरको डरले बालेनद्धारा जापान भ्रमण रद्ध, बजेट र कार्यपालिका वैठक थप अनिश्चित

May 13, 2025 03:24 PM

कुनै भेला—वैठक वा सभा—सम्मेलनमा आफू अनुकूल निर्णय नहुने सम्भावना देखेपछि विदेश भ्रमणमा जाने वा ‘बिरामी’ हुने घटना नेपालमा मात्र नभएर विश्वभरकै राजनीतिमा सामान्य मानिन्छ ।