निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

May 13, 2025 03:23 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला २ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक १४.८७ अंक घटेर २६३४.२३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.४१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १० अर्ब २० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको १ लाख २ हजार ४४५ पटकको कारोबारमा ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार रुपैयाँबराबरको २ करोड १८ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको नेपाल माइक्राे इन्स्याेरेन्स कम्पनीकाे शेयरमूल्य यस दिन सर्वाधिक ६.२२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन युनिभर्सल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६७ करोड २० लाख ८५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको करिब ५३ करोडको शेयर किनबेच भएको छ भने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ५१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ०.९५ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रशितभन्दा बढी घटेको छ भने वित्त र जलविद्युत उपसमूहको परिसुचक १ प्रतिशतभन्दा बढी घटेको छ।




उपमेयरको डरले बालेनद्धारा जापान भ्रमण रद्ध, बजेट र कार्यपालिका वैठक थप अनिश्चित

May 13, 2025 03:24 PM

कुनै भेला—वैठक वा सभा—सम्मेलनमा आफू अनुकूल निर्णय नहुने सम्भावना देखेपछि विदेश भ्रमणमा जाने वा ‘बिरामी’ हुने घटना नेपालमा मात्र नभएर विश्वभरकै राजनीतिमा सामान्य मानिन्छ ।