Wed, Jun 04, 2025
शेयर बजारका पुँजीगत लाभ कर बढाउने हल्लाका बिच अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत लाभकरलाई यथावत राखेका छन् ।
अहिले १ वर्षभन्दा कम अवधि होल्ड गर्ने लगानीकर्ताले शेयरको पुँजीगत लाभकरमा साढे ७ प्रतिशत र १ वर्षभन्दा बढी होल्ड गर्ने लगानीकर्ताले ५ प्रतिशत लाभ कर तिर्नुपर्ने व्यवस्था छ । अर्थ मन्त्रालय स्रोतका अनुसार प्रस्तुत विधेकयमा यो करलाई यथावत राखिएको छ ।
ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने मिति लम्बिएको छ। कम्पनीले निष्काशन गरेको आईपीओमा अब भोली अर्थात जेठ २० गतेसम्म आवेदन दिन सकिने भएको छ।