यो अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा ४१.८८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसायबाट ८७ करोड २० लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यसैगरी, कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब ६३ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब ९१ करोड ५७ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ७१ करोड ६६ लाख रुपैयाँ गरी सो बराबरको बीमाशुल्क आर्जन गरेको हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ३१ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क ३१ करोड ४३ लाख रुपैयाँले मात्रै बढेको हो।
यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले पुर्नबीमा कमिशन शुल्कबाट ५ करोड ८३ लाख आम्दानी गरेको छ। यस्तै २ अर्ब ३ करोड २० लाख रुपैयाँ पुनर्बीमा कमिशन बापत विदेशी कम्पनीलाई भुक्तानी गरेको छ।
आईपीओ निष्काशनपछि १० अर्ब चुक्ता पूँजी पुगेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ र बीमा कोषमा एक अर्ब ४७ करोड ५० लाख रुपैयाँ सञ्चित छ।
यस अवधिका कम्पनीले २ अर्ब ७७ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने १ अर्ब ५८ करोड रुपैयाँ बाँकी छ।
कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १२ रुपैयाँ ३७ पैसा, प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ९२ पैसा र मूल्य आम्दानी अनुपात ४०.७४ गुणा छ।