साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार बढेर बन्द भएसँगै, नेप्सेले सो बराबरको अंक कमाएको हो। दशैं अघिका अन्तिम तीन कारोबार दिन बजार बढेर बन्द भएको थियो।
यस अनुसार दशैंपछि अर्थात यस साता नेप्से परिसूचक उकालो लागेमा २००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १६०० विन्दुमा टेवा पाउने देखिन्छ।
अघिल्लो साता नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।
![](https://images.merolagani.com/Uploads/Repository/638008443323250286.png)
नेप्से बढेपनि सो साता भोल्यूम भने कमजोर रहेको छ। सो साता नेप्सेमा दैनिक औषतमा ७१ करोड ३३ लाख रुपैयाँ बराबरका मात्र शेयर कारोबार भएको थियो। नेप्सेको २० दिने औषत भोल्यूम ९८ करोड ९६ लाख रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम २७.९२ प्रतिशत कम हो।
![](https://images.merolagani.com/Uploads/Repository/638008443457655392.png)
बैंकिङ्ग उपसमूह
दशैं अघिको साता १३ उपसमूहको परिसूचकमध्ये ७ उपसमूहको परिसूचक बढेको थियो भने ५ उपसमूहको परिसूचक घटेको थियो। बाँकी १ उपसमूहको परिसूचक सो साता स्थिर रहेको थियो। सो साता बैंकिङ्ग उपसमूहको परिसूचक १.६६ प्रतिशत बढेको थियो। सो भन्दा अघिल्लो साता १२८१.०९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक दशैंको अघिल्लो साता २१.२७ अंक बढेर १३०२.३६ विन्दुमा बन्द भएको थियो।
यस अनुसार यस साता बैंकिङ्ग उपसमूहको परिसूचक उकालो लागेमा १५०० विन्दुमा प्रतिरोधको सामना गर्नेछ भने ओरालो लागेमा १२०० विन्दुमा टेवा पाउने देखिन्छ।
सो साता यस उपसमूहको ५ दिन इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी घटेको छ। यस साता ५ दिने इएमएले २० दिन इएमएलाई तलबाट काटेर माथि लागेमा गोल्डेन क्रशओभर बन्नेछ। यसले यस उपसमूहको परिसूचक बढ्ने संकेत गर्दछ।
![](https://images.merolagani.com/Uploads/Repository/638008443605656719.png)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)