धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका थिए। सोही अनुसार आगामी मंगलबारदेखि यी दुई बैंकको शेयर कारोबार खुल्ने नेप्सेका सूचीकरण विभागका अधिकृत नवराज थापाले बताए।
हाल मर्जरका कारण ३४ वटा कम्पनीको शेयर कारोबार रोक्का छ। धितोपत्र बोर्डले शेयर कारोबार खोल्न मिल्ने गरी नयाँ निर्देशका जारी गरेपनि अन्य कम्पनीले भने कारोबार खोल्नका लागि निवेदन नै दिएका छैनन्।
कारोबार रोक्का रहेका कम्पनीहरुले कारोबार खोल्नका लागि नेप्सेमा आवेदन दिएपछि मात्रै उनीहरुको शेयर कारोबार खुल्ने छ। निवेदन नदिएका कारण निर्देशका जारी भएको एक हप्ता वित्दा समेत कुनै कम्पनीको शेयर कारोबार खुल्न सकेकाे छैन्।