लाभांश वितरण गर्न बाँकी लघुवित्तको शेयरमा लगानीकर्ताकाे आकर्षण, तिब्र उतार चढावबीच नेप्से सूचक सकारात्मक

Feb 26, 2023 03:39 PM Merolagani

साताको पहिलो कारोबार दिन आइबार लघुवित्त वित्तीय संस्थाहरुको शेयरमा लगानीकर्ताको आकर्षण देखिएकाे छ । अघिल्लो कारोबार दिन उच्च अंकले घटेको लघुवित्त उपसमूहको सूचक यस दिन भने सबैभन्दा धेरै २.७८ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकले लाभांश वितरणमा कडाई गर्ने गरी सर्कुलर जारी गरेपछि बिहीबार लघुवित्त उपसमुहको सूचक सर्वाधिक ९.६४ प्रतिशतले घटेको थियो ।

कारोबारमा आएका १३ वटा उपसमुहमध्ये ५ उपसमुह घटेका छन् भने बाँकी सबै उपसमुहको सूचक बढेका छन् । लघुवित्त उपसहुको सूचक सर्वाधिक २.७८ प्रतिशतले बढेको छ । यस्तै होटल तथा पर्यटन, फाइनान्स, विकास बैंक, हाइड्रोपावर, लगानी, अन्य र निर्जीवन बीमा उपसमुहको सूचक सकरात्मक भएका छन् ।

यता व्यापार उपसमुहको सूचक भने सबैभन्दा धेरै १.४० प्रतिशतले घटेको छ । यस्तै बैकिङ्ग, उत्पादन तथा प्रशोधन, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको सूचक भने नकरात्मक देखिएका छन् ।

आइतबार नेप्से सूचक ४.५५ अंकले बढेर २०२७.१९ विन्दुमा पुगेर बन्द भएको हो । यस दिन २६२ कम्पनीका ६५ लाख १५ हजार ८५२ कित्ता शेयर किनबेच भएर २ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिस्टीलरी शिर्ष स्थानमा रहेको छ । हिमालयन डिस्टीलरीको सबैभन्दा धेरै १० करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै एनआईसी एशिया बैंक र छिमेक लघुवित्त वित्तीय संस्थाको पनि ७ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

लघुवित्त उपसमुहको सूचक सर्वाधिक २.७८ प्रतिशतले बढ्दा लाभांश वितरण गर्न बाँकी अधिकाँस लघुवित्त वित्तीय संस्थाहरुको शेयरमूल्य बढेको छ । यस दिन सबैभन्दा धेरै विजय लघुवित्तको शेयरमूल्य ७.९४ अंकले बढेको छ । यस्तै ग्रिन डेभलपमेन्ट बैंक, अभियान लघुवित्त, मिर्मिरे लघुवित्त आराम्भ चौतारी लघुवित्तलगायतको शेयरमूल्य बढेको छ ।

यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सबै भन्दा धेरै ५.३६ प्रतिशतले घटेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेष्डो लघुवित्त र जल्पा लघुवित्त लगायतको शेयरमूल्य घटेका छन्।

comments powered by Disqus

अमेरिकाको एच वन बी भिसा भाेलिबाट खुल्दै, कसले दिन सक्छन् आवेदन ?

Feb 28, 2023 06:19 PM

अमेरिका जान चाहनेका लागि एच वन बी भिसा  भाेलिबाट खुल्दैछ । एच वन बी (H-1B Visa ) भिसा लक्की ड्र अर्थात् इडिभी (EDV) जस्तै चिट्ठा छनोट हुन्छ ।