शिखर इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस कति?

Dec 16, 2022 11:22 AM Merolagani

शिखर इन्स्योरेन्सल (SICL) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २८ करोड ६० लाख रुपैयाँको १६ प्रतिशत अर्थात ३६ करोड ५७ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत अर्थात १ करोड ९२ लाख ५१ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृती पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

अमेरिकाको एच वन बी भिसा भाेलिबाट खुल्दै, कसले दिन सक्छन् आवेदन ?

Feb 28, 2023 06:19 PM

अमेरिका जान चाहनेका लागि एच वन बी भिसा  भाेलिबाट खुल्दैछ । एच वन बी (H-1B Visa ) भिसा लक्की ड्र अर्थात् इडिभी (EDV) जस्तै चिट्ठा छनोट हुन्छ ।