सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा कुल १३ लाख २२ हजार ४९२ जनाले १ करोड ४३ लाख २७ हजार ९२० कित्ता शेयरका लागि आवेदन दिनएका थिए। सोमध्ये १३ लाख १८ हजार ३२० आवेदन स्वीकृत भएको छ।
स्वीकृत आवेदनमध्ये ४१ हजार ५०० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।