लघुवित्तका ग्राहक दुईभन्दा बढी संस्थामा आबद्ध हुन नपाउने

Feb 20, 2023 05:29 PM MeroLagani

लघुवित्तका ग्राहकहरु दुई भन्दा बढी संस्थामा आबद्ध हुन नपाउने भएका छन् । एउटा लघुवित्तबाट ऋण लिएर अर्को लघुवित्तबाट लिएको ऋण तिर्ने प्रक्रिया बढेपछि नेपाल राष्ट्र बैंकले एउटा ग्राहकलाई सकेसम्म एउटा वा बढीमा दुइ वटा लघुवित्तमा मात्र आबद्ध हुन पाउने व्यवस्था गर्न लागेको नेपाल राष्ट्र बैंक लघुवित्त नियमन विभागका कार्यकारी निर्देशक रेवती नेपालले बताए ।

आर्थिक पत्रकारहरुको संस्था आर्थिक पत्रकार समाज नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्यकारी निर्देशन नेपालले पछिल्लो समय आएको केही लघुवित्त कम्पनीहरु मुख्य उद्देश्यबाट बिमुख भएर सञ्चालन भएको बताउँदै उनले भने–‘५–१० प्रतिशत लघुवित्तहरु डिपार्चर भएका छन् । यिनीहरुलाई करेक्सन गर्नुपर्छ । अहिले लघुवित्तहरु कमर्सियलाइज भएका छन् । केही शेयरका खेलाडीहरु यसमा पसेर यसलाई बिगारेका छन् । यसमा राष्ट्र बैंक सहमत छ ।’

नेपाल राष्ट्र बैंकले वार्षिक डेढ प्रतिशत सर्भिस चार्ज र १५ प्रतिशत भन्दा व्याज नलिन लघुवित्तलाई निर्देशन जारी गरेको बताउँदै उनले कुनै लघुवित्तले नियम विपरित बढी सेवा शुल्क र व्याज लिएको पाइएमा राष्ट्र बैंकमा रिपोर्ट गर्दा तुरुन्त कारवाही हुने बताए ।

लघुवित्तको ऋण भनेको उत्पादनशील क्षेत्रमा मात्रै प्रयोग गर्नुपर्ने भए पनि सारी किन्ने, घरायसी सामान किन्ने लगायतका उपभोगमा खर्च गर्नु ऋणीको गल्ती भएको बताए । उद्देश्य अनुरुप नै ऋणको उपयोग गर्दा पनि तिर्न नसक्ने अवस्थामा भने लघुवित्तसँग क्लाइन्ट प्रोटेक्सन फन्ड, लोन लस प्रोभिजन र सीएसआरमा भएको रकमको प्रयोगबाट समस्यामा परेका वास्तविक ऋणीको उद्धार गर्न उनले आग्रह गरे । वास्तविक ऋणीहरुलाई उद्धार गर्ने सम्बन्धी खाका एक महिनाभित्र सम्बन्धित संस्थाले बनाएर राष्ट्र बैंकमा बुझाउन निर्देशन दिइएको उनले बताए । लघुवित्तबाट ऋण लिएर उपभोगमा लगाएको वा व्यवसायिक परियोजनामा नलगाएको कारणले गर्दा डुबेको हो, विभिन्न समूह बनाएर वास्तविक मर्कामा परेको ऋणीको उद्धार गर्नुपर्ने उनले बताए । यी विभिन्न समूहमा विभाजन गरेर जरुर मर्कामा परेका ऋणीहरुलाई हामीसँग बैंक तथा वित्तीय संस्थाहरुको लोन लस प्रोभिजन भन्ने व्यवस्था हुन्छ

लघुवित्त भनेका स्वनियममा चल्ने संस्था भएको हुनाले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई जसरी टाइट रेगुलेसनमा लघुवित्तलाई नराखिने उनले प्रष्ट पारे ।

लघुवित्त संस्थाहरुले पछिल्लो समय उक्साहटमा ऋण दिएर तिर्न नसक्ने अवस्था आएको बताउँदै धेरै लघुवित्तका ऋणीले ऋण नतिर्ने बताइरहेको बेला कार्यकारी निर्देशक नेपाले भने –‘धेरै भड्किएर ऋणहरु मिनाहा नै हुन्छ भनेर तपाईहरु पछि लाग्नुभयो भने तपाईहरु गल्तीमा हुनुहुन्छ भ्रमममा हुनुहुन्छ । त्यतातिर सोच्दै नसोच्नुहोला ।’

comments powered by Disqus

अमेरिकाको एच वन बी भिसा भाेलिबाट खुल्दै, कसले दिन सक्छन् आवेदन ?

Feb 28, 2023 06:19 PM

अमेरिका जान चाहनेका लागि एच वन बी भिसा  भाेलिबाट खुल्दैछ । एच वन बी (H-1B Visa ) भिसा लक्की ड्र अर्थात् इडिभी (EDV) जस्तै चिट्ठा छनोट हुन्छ ।