खुद ब्याज आम्दानी बढेपनि कामना सेवाको नाफा घट्यो

Aug 03, 2023 08:18 AM Merolagani


कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

समीक्षा अवधिमा बैंकको खुद नाफा २६.९३ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्ष ५९ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज, सञ्चालन खर्च तथा गैर सञ्चालन खर्च बढेपनि बैंकको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.९२ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४.५५ प्रतिशत र सञ्चालन मुनाफा २०.०५ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.३१ प्रतिशतबाट २.९८ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ५० करोड रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५ करोड ८० लाख रुपैयाँ रहेको छ भने वितरण योग्य प्रतिशेयर आम्दानी १ रुपैयाँ ७७ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ६४ पैसा घटेर १३ रुपैयाँ १४ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.८८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा रहेको छ।

३ अर्ब २८ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १५.६० प्रतिशत बढेको छ भने कर्जा लगानी ३.६६ प्रतिशत बढेको छ।





comments powered by Disqus

मौद्रिक नीतिमा ओली झस्किनुको कारण आईएमएफः खतिवडाको अध्ययन कहिले सकिएला ?

Jul 24, 2024 05:44 AM 0

मौद्रिक नीति कहिले जारी होला भन्ने संशय रहेकै बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एउटा प्रतिवेदनको आधारमा प्रधानमन्त्री केपी ओली झस्किएका छन् ।