खुद ब्याज आम्दानी बढेसँगै कर्णाली डेभलपमेन्ट बैंकको नाफा धनात्मक

Aug 03, 2023 09:09 AM Merolagani


कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड (KRBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा ऋणात्मक रहेको बैंकको खुद नाफा गत आर्थिक वर्षमा धनात्मक भएको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ३ करोड ७९ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

खुद ब्याज आम्दानी उल्लेख्य बढेसँगै बैंकको खुद नाफा धनात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८२.४५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६.३३ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ६७.८६ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ करोड ९३ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। अघिल्लो आर्थिक वर्षमा ७ रुपैयाँ ५४ पैसा ऋणात्मक रहेको बैंकको यस्तो आम्दानी गत आर्थिक वर्षमा ८ रपैयाँ ८१ पैसा धनात्मक भएको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४४.५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४३ पैसा रहेको छ।

५० करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० करोड २७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २.८५ प्रतिशत बढेको छ भने कर्जा लगानी ३.३४ प्रतिशत बढेको छ।





comments powered by Disqus

मौद्रिक नीतिमा ओली झस्किनुको कारण आईएमएफः खतिवडाको अध्ययन कहिले सकिएला ?

Jul 24, 2024 05:44 AM 0

मौद्रिक नीति कहिले जारी होला भन्ने संशय रहेकै बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एउटा प्रतिवेदनको आधारमा प्रधानमन्त्री केपी ओली झस्किएका छन् ।