कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा उल्लेख्य बढ्यो, ईपीएसमा पनि सुधार

Aug 05, 2023 06:05 PM Merolagani


कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड (CORBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९८.०९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खर्च नियन्त्रण गर्न सफल भएका कारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५७.४० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९६.६६ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४३.८७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०४.२३ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर सामान्य आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ७८ पैसा बढेर ३ रुपैयाँ ५३ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९९.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३६६ रुपैयाँ ८ पैसा रहेको छ।

५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २३ करोड ५५ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५९.७५ प्रतिशत बढेको छ भने कर्जा लगानी २१.१७ प्रतिशत बढेको छ।





comments powered by Disqus

मौद्रिक नीतिमा ओली झस्किनुको कारण आईएमएफः खतिवडाको अध्ययन कहिले सकिएला ?

Jul 24, 2024 05:44 AM 0

मौद्रिक नीति कहिले जारी होला भन्ने संशय रहेकै बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एउटा प्रतिवेदनको आधारमा प्रधानमन्त्री केपी ओली झस्किएका छन् ।