फाइनान्स उपसमूहमा करेक्सन, नेप्से भने सामान्य बढ्यो

Jun 25, 2024 03:07 PM Merolagani

मंगलबार फाइनान्स उपसमूहको परिसूचक घटेको छ। पछिल्ला ४ कारोबार दिनदेखि उच्च दरमा बढीरहेको फाइनान्स उपसमूहमा यस दिन सामान्य करेक्सन देखिएको हो।

१३ उपसमूहमध्ये यस दिन फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक २.१५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेको छ। यस दिन ८ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक १.७० प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

मंगलबार नेप्से परिसूचक भने ५.६० अंक बढेर २०७१.७७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२० अंक र फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१६ अंक घटेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३१९ स्टकको ६० हजार ८५८ पटकको कारोबारमा ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको ९४ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४८५ ऋणपत्र र मकर जितुमाया सुरी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन न्यादी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको साधना लघुवित्त वित्तीय संस्थाको शेयर भने यस दिन १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आरएसडिसी लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन १४ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम साढे ९ करोड नाघेको छ।

 
comments powered by Disqus

'नोक्सानी पाल्नु मृत शरिरलाई कुरेर बस्नु जस्तै हो, समयमा शेयर बिक्री गर्न जान्नु पर्छ'

Jun 22, 2024 10:59 AM

शेयर बजारमा निरासा छ । यो निरासाका बीचमा पनि केहि कम्पनी र सेक्टरहरु चलेका छन । जसले लगानीकर्तालाई धेरैथाेरै भएपनि कमाउने मौका दिएको छ ।