निरन्तर सुन र चाँदीको मूल्यमा गिरावट

Jun 27, 2024 11:00 AM Merolagani


बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। यसदिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको हो। सुन र चाँदीको मूल्य निरन्तर दुई दिनदेखि घट्दो क्रममा छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४० हजार १०० रुपैयाँमा खरिद बिक्री भईरहेको छ।

अघिल्लाे दिन अर्थात बुधबार छापावाला सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ। आज चाँदी तोलाकाे एक हजार ७८० रुपैयाँमा किनबेच भईरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँमा किनबेच भएको थियो।

 
comments powered by Disqus