प्रि ओपन सेसन अपडेटः करिब साढे ३८ अंक बढ्यो नेप्से

Jul 28, 2024 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३८ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३२.०२ अंक घटेर २५६८.१३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३८.२७ अंक बढेर २६०६.४१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ७.७९ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १९२ स्टकको १ हजार १९७ पटकको कारोबारमा ९ करोड ६८ लाख ५३ हजार ४०५ रुपैयाँ ७० पैसाबराबरको १ लाख ८० हजार ५०६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६९ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ। बाँकी ११ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

वाणिज्य बैंकको शेयर सस्तो कि महंगो ? सूचीसहित

Jul 30, 2024 06:09 AM 0

राजनीतिक समिकरणपछि लय समाएको शेयर बजार ३० प्रतिशतभन्दा बढीले बढ्दा धेरै समयदेखि पछि रहेको बैकिङ समूह ४७ दशमलब ५० प्रतिशतले बढेको छ ।