प्रि ओपन सेसन अपडेटः २५ अंक बढ्यो नेप्से

Jul 29, 2024 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ११३.४२ अंक बढेर २६८१.५६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २५.१६ अंक बढेर २७०६.७३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ५.८० अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ११६ स्टकको ५७९ पटकको कारोबारमा ३ करोड ३५ लाख ४४ हजार ४२२ रुपैयाँबराबरको ९१ हजार ३५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८१ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी २१ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

वाणिज्य बैंकको शेयर सस्तो कि महंगो ? सूचीसहित

Jul 30, 2024 06:09 AM 0

राजनीतिक समिकरणपछि लय समाएको शेयर बजार ३० प्रतिशतभन्दा बढीले बढ्दा धेरै समयदेखि पछि रहेको बैकिङ समूह ४७ दशमलब ५० प्रतिशतले बढेको छ ।