ब्याज आम्दानी बढेपनि हिमालयन लघुवित्तको नाफा घट्यो

Aug 02, 2024 09:43 AM Merolagani



हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (HLBSL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ७५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.८१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेपछि लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४.२२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.४७ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ८.५६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा १.२८ प्रतिशतविन्दु बढेर ३.६५ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ७० लाख रुपैयाँबाट बढेर २ करोड ६१ लाख रुपैयाँ पुगेको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनफा १७.२२ प्रतिशत घट्न गई नाफा पनि घट्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७८ पैसा घटेर २ रुपैयाँ ३६ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५४२.१९ गुणा रहेको छ।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोष १४ करोड ५२ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ अर्ब ५० करोड निक्षेप तथा सापटीबाट ३ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।




comments powered by Disqus

वाणिज्य बैंकको शेयर सस्तो कि महंगो ? सूचीसहित

Jul 30, 2024 06:09 AM 0

राजनीतिक समिकरणपछि लय समाएको शेयर बजार ३० प्रतिशतभन्दा बढीले बढ्दा धेरै समयदेखि पछि रहेको बैकिङ समूह ४७ दशमलब ५० प्रतिशतले बढेको छ ।