प्रि ओपन सेसन अपडेटः करिब १५ अंक बढ्यो नेप्से

Aug 05, 2024 10:54 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५.२९ अंक घटेर २७५५.६२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १४.७६ अंक बढेर २७७०.३८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.५४ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १२७ स्टकको ६५१ पटकको कारोबारमा ५ करोड ४२ लाख ३९ हजार ६६४ रुपैयाँ ४० पैसाबराबरको १ लाख २० हजार ४३२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७० स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी ३४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM 0

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।