प्रि ओपन सेसन अपडेटः साढे ५ अंक बढ्यो नेप्से

Aug 06, 2024 10:54 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४०.७६ अंक बढेर २७९६.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.६५ अंक बढेर २८०२.०४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४३ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ९७ स्टकको ३११ पटकको कारोबारमा १ करोड ४९ लाख ८२ हजार ६०४ रुपैयाँ ८५ पैसाबराबरको २९ हजार ९३१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५२ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी २४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM 0

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।