गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ६ करोड ५ लाख रुपैयाँ ऋणात्मक थियो।
खुद ब्याज आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा धनात्मक भएको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६८.४९ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ११.७४ प्रतिशत बढेको छ। लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ८.३६ प्रतिशतबाट घटेर ७.४३ प्रतिशतमा झरेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज १३ करोड १८ लाख रुपैयाँबाट घटेर १ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ११ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ८३ पैसा रहेको छ। त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात १०१.१० गुणा रहेको छ।
४४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड ६३ लाख रुपैयाँ सञ्चित छ। गत एक वर्षमा लघुवित्तको निक्षेप तथा सापटी ८.१२ प्रतिशत बढेको छ भने कर्जा ९.१२ प्रतिशत बढेको छ।
