मर्जरपश्चात सम्पदा लघुवित्तको वित्तीय अवस्था कस्तो?

Aug 14, 2024 04:17 AM Merolagani



सबैको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्ज भइ बनेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३० करोड ३० लाख रुपैयाँ रहेको छ भने खुद फि तथा कमिशन आम्दानी ६ करोड ४१ लाख रुपैयाँ रहेको छ। त्यस्तै, लघुवित्तको खुद सञ्चालन अम्दानी ३६ करोड ७१ लाख रुपैयाँ र सञ्चालन मुनाफा १२ करोड २८ लाख रुपैयाँ रहेको छ।

असार मसान्तसम्ममा लघुवित्तको खराब कर्जा ४.८० प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज ७५ लाख रुपैयाँ रहेको छ।

७० करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको रिटेन्ड अर्निङ्ग १ करोड ७० लाख रुपैयाँ ऋणात्मक रहेको छ भने जगेडा कोष २९ करोड ८ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २७ पैसा, प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ७ पैसा र मूल्य आम्दानी अनुपात ८६.९६ गुणा रहेको छ।




comments powered by Disqus

गठ्ठाघरकाे दुर्घटनामा ज्यान गुमाएका स्कुटर चालककाे पहिचान खुल्याे

Aug 15, 2024 06:06 PM 0

भक्तपुरकाे गठ्ठाघरमा भएकाे दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालककाे पहिचान खुलेकाे छ। प्रहरीका अनुसार बिहीबार दिउँसाे भएकाे दुर्घटनामा ज्यान गुमाउने सुस्मा नेपाली हुन् । ट्राफिक प्रहरीकाे चेकजाँचकाे क्रममा राेकिएकाे नेपालीकाे स्कुटरलाई ट्रकले ठक्कर दिएकाे थियाे ।