साना किसान विकासको नाफा र वितरणयोग्य नाफा दुबै बढ्यो

Aug 12, 2024 08:54 AM Merolagani



साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले गत आर्थिक वर्षको असार मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.७७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष लघुवित्तले ७७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.४४ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३१.८६ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा २०.३९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.६१ प्रतिशतबाट बढेर २.१८ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज १७ करोड ८८ लाख रुपैयाँबाट बढेर ४३ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ४४ पैसा रहेको छ। समीक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा २.६५ प्रतिशत बढेको हो भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ १४ पैसा घटेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १ रुपैयाँ ७३ पैसा बढेर २४ रुपयाँ ९५ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २८४ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ३४.२२ गुणा रहेको छ।

३ अर्ब ८० करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ अर्ब ६६ करोड ४० लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ३८ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।




comments powered by Disqus

३२ सय विन्दु नजिकको मूल्य ब्रेक आउट हुने क्रम सुरु, कुन कम्पनीले गरे कसको हुन बाँकी ? (सूची सहित)

Aug 10, 2024 05:25 PM 0

सुवास निरौला

अरुण चालिसे (नाम परिवर्तन)शेयर बजारले ३१९८.६० विन्दुको रेकर्ड बनाउँदा फसेका लगानीकर्ता हुन्।